‘उत्तम शान्ति पुरस्कार’ शर्मालाई

विसं २०७४ को ‘उत्तम शान्ति पुरस्कार’ गैरआख्यानकार दीनानाथ शर्मालाई प्रदान गरिएको छ ।
ताम्रपत्र र नगद रु ५० हजार राशिको यो पुरस्कार विसं २०४४ देखि प्रदान गरिँदै आइएको छ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीमा प्राप्त गैरआख्यानका साहित्यिक कृतिमध्येबाट छनोट समितिले निर्णय गरेका व्यक्तिलाई पुरस्कार दिइन्छ । शर्मालाई ‘बाह्रखरीको बोटमुनि’ कृतिका लागि यो पुरस्कार दिइएको हो ।
जीवनको उत्तरार्द्धपूर्णरुपमा साहित्य क्षेत्रमै बिताउने पूर्वमन्त्री एवं राष्ट्रियसभाका सदस्य शर्माको भनाइ थियो । कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले कुँवर विशिष्ट सोच भएको साहित्यिक पत्रकारका रुपमा स्थापित भएको बताए ।
कुँवरले विसं २०१७ को राजनीतिक परिवर्तनपछि ‘रुपरेखा’ नामक साहित्यिक पत्रिका शुरु गरेका थिए । कार्यक्रममा वरिष्ठ समालोचक प्रा डा वासुदेव त्रिपाठी, प्रा गोपीकृष्ण शर्मा, गुठीका अध्यक्ष डा पार्थिवेश्वर तिमल्सिना, सचिव ठाकुरप्रसाद पराजुली, कोषाध्यक्ष सुदीप ठाकुरलगायतले स्वर्गीय कुँवरले साहित्यिक पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरे।
सो अवसरमा स्वर्गीयकुँवरलाई ’स्रष्टा र साहित्य’ नामक कृतिका लागि मदन पुरस्कार दिइएको जानकारी गराइयो । उत्तम कुँवरको निधनपछि श्रीमती शान्ति कुँवरले रुपरेखालाई निरन्तरता दिनुभएको थियो ।