नुवाकोट गोल्ड कपको तयारी अन्तिम चरणमा

नुवाकोट जिल्लामा पहिलोपटक हुन लागेको नुवाकोट गोल्ड कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला खेलकुद विकास समिति, नुवाकोट फुटबल संघ, विभिन्न क्लब, नेपाली सेना लगायतका संघसंस्था प्रतियोगितको तयारीमा जुटेका हुन् ।

जेठ १७ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने प्रथम नुवाकोट गोल्डकप फुटबल प्रतियोगितामा ‘ए’ डिभिजन क्लबहरु, विभागीय टोली र नुवाकोटको एक घरेलु टिम सहित १० टिमको सहभागिता रहने नुवाकोट फुटबल संघले जनाएको छ ।

प्रतियोगिता नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा सञ्चालन हुनेछ । जिल्लाका स्थानीय तह र विभिन्न संघ संस्थाको सहभागितामा प्रतियोगितालाई व्यवस्थित र मर्यादित बनाउन लागिपरेको जनाइएको छ । गोल्ड कपसँगै नुवाकोटमा व्यवस्थित खेल मैदान निर्माण हुने भएकाले खेलाडीहरु उत्साहित छन् ।