‘शम्शेरा’मा रणवीरको नयाँ अवतार

रणवीर कपुरको अभिनय रहेको नयाँ फिल्म ‘शम्शेरा’को टिजर सार्वजनिक भएको छ । ‘शम्शेरा’ यसराज फिल्मसको निर्माण रहेको एक्सन फिल्म हो । जसमा रणवीर एक डाँकुको भूमिकामा रहने छन्।

सार्वजनिक भएको टिजरमा रणवीर यसअघिको भन्दा बिल्कुलै फरक शैलीमा देखिएका छन् । रणवीरले फिल्ममाथि टिप्पणी गर्दै यो आफुले ‘गर्न चाहेको’जस्तै फिल्म भएको बताएका छन् । यस फिल्मलाई आफूले गर्न चाहिरहेको फिल्मजस्तै भनेर टिप्पणी गरेका छन् ।

‘शम्शेरा’को निर्देशन करन मल्होत्रा र प्रोडक्सन आदित्य चोपडाले प्रोडक्सन गर्नेछन् ।