पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा मोहन घले निर्वाचित

राजेश घिमिरे

टोकियो, २८ चैत ।
नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षमा मोहन घले निर्वाचित हुनुभएको छ । शाखाको सोमबार सम्पन्न तेस्रो अधिवेशनबाट घले २५ मत प्राप्तगरी निर्वाचित हुनुभएको हो ।

IMG_1217अध्यक्षका प्रत्यासी निर्वतमान उपाध्यक्ष बेलुकाजी थापाले १७ मत प्राप्त गर्नुभएको थियो । जापान शाखामा आबद्ध कुल ४६ पत्रकार मध्ये ४२ मत खसेको निर्वाचन समितिका संयोजक भुषण घिमिरेले जानकारी दिनुभयो ।

IMG_1180


त्यसैगरी, निर्वाचनबाट उपाध्यक्षमा बिनोदकुमार सापकोटा र पुर्ण चलाउने निर्वाचित हुनुभएको छ । सचिवमा ऋतुकुमार दुरा, सह-सचिव कुमार मोक्तान, कोषाध्यक्ष राजबिन थापा र महिला सदस्यमा संगिता कुँवर निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिका सदस्य कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । ६ जना सदस्यका लागि भएको निर्वाचनबाट मुक्ति सूबेदी, रमेश श्रीस मगर, निशान मगर, आनन्द कोईराला, शान्तकुमार पहरी र रबिन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।
अध्यक्षमा निर्वाचित भएपश्चात घलेले सबै पत्रकारहरुको सुझाव लिएर शाखालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अधिवेशनको नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधनगर्दै अध्यक्ष विष्टले पत्रकारको हकहितको रक्षागर्नु पत्रकार महासंघको प्रमुख एजेण्डा भएको बताउनुभयो ।

IMG_1070उहाँले बैदेशिक शाखाहरुले नेपाली समाजलाई योगदान गर्ने गरि कलम चलाउनुपर्ने बताउनुभयो । अधिवेशनको अवसरमा अध्यक्ष विष्टले प्रवासमा नेपाली पत्रकारिता बारे प्रशिक्षण पनि दिनुभएको थियो ।

IMG_1077