‘मर्छु या बहुलाउँछु तिमीले दिएको पिडाले’ (भिडियो सहित)

गायिका सरिता पन्थीको स्वरमा ‘मर्छु या बहुलाउँछु’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ । बिन्ध्यबासिनी म्युजिक प्रालिको युटुब च्यानल मार्फत उक्त गीत सार्वजनिक भएको हो ।

जब कसैलाई मनदेखि मन पराइन्छ । जुनीभरी सङ्गै जिउने विश्वास गरिन्छ । रङ्गीन सपनाहरु बुनेर सहयात्रा गर्दागर्दै अकस्मात् विछोडिनु पर्दा मनमा पिडा हुने गर्दछ । कतिपय प्रेमीले सोही कारण मानसिक सन्तुलन गुमाउने गरेका उदाहरण समेत हाम्रो समाजमा पाइन्छ । यस्तै विषयवस्तुमा केन्द्रित रहेको यो गीतमा केशब ज्ञवालीको शब्द र संगीत रहेको छ ।

मर्छु या बहुलाउँछु तिमीले दिएको पिडाले
सम्हाल्न नसकेर कमजोर मनलाई
मर्छु या बहुलाउछु तिमीले दिएको पिडाले…
प्रदिप कंडेलले सम्पादन गरेको यस गीतको म्युजिक भिडियो रोशन भण्डारीको छायांकनमा तयार भएको हो । उक्त भिडियोको निर्देशन केशब ज्ञवालीको गरेका छन् ।

हेर्नुहोस् भिडियो ।