कालिका एफएमले गरेको मैत्रीपूर्ण फुटवलको उपाधी महिला अधिकारकर्मीलाई

चितवन, ११ असोज
चितवनस्थित कालिका एफ.एम प्रा.लिले आफ्नो १३ औ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको मैत्रीपूर्ण फुटवल प्रतियोगिताको उपाधी महिला अधिकारकर्मीले जितेका छन् । पेनाल्टी सुटआउटमा २ शुन्य गोल अन्तरले टेलिभिजनमा कार्यरत पत्रकार महिला पराजित भएका हुन् ।
foot4
प्रथम हुने टोलीले १० हजार रुपैया र दोश्रो हुने टोलीले ५ हजार रुपैया पुरस्कार पाउनेछन् । पुरस्कार कालिका एफएमको वार्षिकोत्सवको अवसरमा आयोजना हुने कालिका म्युजिक अर्वाड समारोहमा प्रदान गरिने छ । महिला अधिकारकर्मीका लागी सविता लामा र कलावति पौडेलले गोल गरेका थिए ।
प्रतियोगीतामा टेलिभिजन पत्रकार टोलीकि पुनम गौतम सर्वाधिक गोलकर्ता र महिला अधिकारकर्मी सविता लामा वेस्ट डिफेन्ड घोषित भए ।
foot5
मध्य क्षेत्र प्रहरी तालिम केन्द्रको मैदानमा भउको पहिलो खेलमा ब्यबसायायी महिलालाई पराजित गर्दै महिला अधिकार कर्मीको टोली फाईनलमा प्रबेश गरेको हो भने रेडियोमा कार्यरत पत्रकार महिलालाई हराउँदै टेलिभिजनमा कार्यरत पत्रकार महिलाको टोली फाईनलमा पुगेको हो ।
foot1
त्यसअघि मध्य क्षेत्र प्रहरी तालिम केन्द्रका समादेशक एस.एस.पी रमेश खरेल फुटबल दिएर प्रतियोगीताको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रम कालिका एफएमकी स्टेशन म्यानेजर रिना गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
वार्षिकोत्सवको कार्यक्रम अन्तर्गत अब असोज १४ गते पञ्चै तथा सारङी बाजा प्रतियोगिता हुनेछ ।
foot2