नेपालमा अनुकुलको संबिधान नबनेपछि भारतले दुतलाई बोलायो

संविधान जारी गर्ने प्रकृया रोक्न बिशेष दूतमार्फत् दिएको दबाबको वेवास्ता गर्दै नेपालको संविधानसभाले संविधान जारी गरेपछि भारतले आफ्ना दूतलाई फेरि दिल्ली बोलाएको छ ।
Ranjit-re-1नेपालका लागि भारतीय राजदूत रणजीत राय सोमबार बिहानै दिल्ली प्रस्थान गरेका छन् ।
‘हो उहाँ एक दिने परामर्शका लागि यहाँ आउनुभएको छ’ भारतीय बिदेश मन्त्रालयका एक अधिकारीले द हिन्दुसँग भने- ‘सम्भवत उहाँ भोलि नै फर्कनुहुनेछ ।’
आफ्नो सुझावलाई लत्याउँदै संविधानसभाले संविधान जारी गरेको र तराईमा हिंसा जारी रहेको अबस्थामा त्यसको के असर पर्न सक्छ भन्नेबारे छलफल गर्न राजदूतलाई दिल्ली बोलाइएको समाचारमा उल्लेख छ ।
आइतबार संविधानसभाले संविधान जारी गरेलगत्तै भारतीय बिदेश मन्त्रालयले जारी गरेको बिज्ञप्तिमा त्यसको स्वागत गर्नुको सट्टा ‘संविधान जारी गरेको जानकारी पाएको’ मात्र भनेको थियो ।

Leave a Reply